इटहरी: लियो क्लब अफ इटहरी स्मार्ट सिटीले युवा विद्यार्थीलाई लक्षित गरी मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ । भदाै ७ गते शनिवार इटहरीको इन्टन प्यालेसमा आयोजित कार्यक्रममा मोरङ र सुनसरीका ९२ युवा विद्यार्थी सहभागी भएका थिए ।
लायन्स क्लब ईन्टरेशनल ३२५ ए १ कि जिल्ला कार्यक्रम प्रमुख टङ्क कुमारी गुरूङ्गको प्रमुख आतिथ्यमा एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको लियो क्लब अफ इटहरीका डाइरेक्टर अनीश घिमिरेले बताए ।

कार्यक्रममा इटहरीका विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको उनको भनाइ छ । उनका अनुसार कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई जिम्मेवार बनाउनको लागि कार्यक्रम आयोजना गरिएको हो । मोटिभेसनल स्पिकर रबि किरणले युवा विद्यार्थीले अबको समयमा गर्नै पर्ने काम र जिम्मेवारीको बारेमा उत्प्रेरणा दिएको घिमिरेको भनाइ छ ।

सामाजिक विसङ्गति र विकृतिका विरुद्ध पहिला मन र मस्तिष्क सफा राख्नुपर्छ भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको उनले बताए ।

69599326_369266373740509_6529176620152913920_n