विराटनगरः विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली शनिवार विराटनगरमा निस्केको रथयात्राको पछि–पछि देखिए । रथयात्रामा अगाडी बसेर हिँड्ने काम छोट्ट्याउनै केही युवा अभियन्ता र महानगरका कर्मचारी सहित उनी राधाकृष्ण रथयात्राको पछिल्लो भागमा भेटिए । हातमा ग्लोब्स लगाएर निस्किएका उनी पसिनाको धारा छुटाउँदै युवा अभियन्ता सँगै फोहोर उठाउन व्यस्त देखिन्थे । उनले युवाहरूलाई हौसला प्रदान गर्दै समाजको समस्या सबै मिलेर समाधान गर्न सकिने सुझाउँदै थिए ।
विराटनगरमा विभिन्न धार्मिक अभियन्ताहरूले सडकका विभिन्न स्थानमा खानेपानी,जुस,खिर,लस्सी,फलफुल लगायतका सामानहरू वितरण गरेका थिए । यसक्रममा प्रयोग भएका प्लास्टिक जन्य फोहर सडकका यत्र तत्र फ्यालिएका थिए । फोहरका कारण सडकको अवस्था कुरुपझै देखिएको थियो । युवा अभियन्ता र मेयर पराजुलीको एउटा सानो प्रयासले सडक सफा देखिएको थियो । मेयर पराजुली देखावटीरुपमा मात्रै फोहर उठाउने कार्यमा संलग्न भएनन् उनी विराटनगरको गोल्छा मोड हुँदै ट्राफिक चोक सम्म सरसफाइमा सहभागी भए ।
मेयरले फोहर उठाउँदै हिँड्ने हैन निर्देशन दिने हो भन्ने पनि भेटिए पराजुलीले सञ्चारकर्मी सँग भने “ समाज हाम्रो हो ,यहाँ हुने समस्या हामीले समाधान गर्नु पर्छ भनेर लाग्नु पर्छ । युवाहरू सँगै सरसफाइमा सहभागी बन्दा आफूमा थप ऊर्जा मिलेको मेयर पराजुलीले बताए । सरसफाइमा जुटिरहँदा केही स्थानमा पराजुलीलाई ताली बजाएर स्थानीयहरूले वा –वाही गरेका थिए ।
सरसफाइमा पाइला परिवर्तन र जीवनदृष्टि सामुदायिक पुनस्र्थापना केन्द्रका सामाजिक युवा अभियन्ताहरूको सहभागिता रहेको थियो । पहिलो पाइलाका संयोजक प्रकाश राई,पुन स्थापना केन्द्रका जय देवकोटा , नेपाली काँग्रेस महानगरका कार्यवाहक सभापति अरुण न्यौपाने,तरुण दल जिल्ला उपसभापति खेम थापा ,युवा नेता कृष्ण कार्की लगायतको टोली सरसफाइमा तल्लीन भएर लागेको थियो । सफाइ टोलीले शनिवार मात्रै विराटनगरमा थुप्रिएको झन्डै १० मेट्रिक्टन फोहोर सङ्कलन गरेर ब्यवस्थापनन गरेको छ ।