इटहरीः पुल तथा सडक मर्मत गर्न सडक डिभिजन कार्यालय उदासीन रहेको भन्दै इटहरीका जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।
सडक सुशासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयसँग गरेको छलफल कार्यक्रममा उनीहरूले आक्रोश जनाएका हुन् । छलफलमा सहभागी इटहरी– ४ का वडाध्यक्ष चन्द्र भट्टराईले ट्याङ्ग्रा पुल मर्मतमा सडक डिभिजन कार्यालयले गरेको ढिलासुस्ती र गुणस्तरहीन कार्यको बारेमा ध्यानाकर्षण गराए ।
सडकमा भएका खाल्डा पुर्न र टयाङ्ग्रा खोलाको पुल मर्मतमा किन लापरवाही भएकोे होे भनी उनले प्रश्न गरेका थिए । काम भए पनि टालटुले काम हुने र निर्माण पूरा नहुँदै भत्किने गरेको उनको भनाइ थियो ।
दुवै तर्फका रेलिङ भत्किएका कारण दुर्घटनाको जोखिम बढेको छ ।सडकमा भएका दर्जनौँ खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ ।
सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर कैलाश देवले भने,‘सडकमर्मतमा वर्षमा सालबसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने गरेको छ ।’ यस वर्षको टेण्डर नै अझै नखुलेको उनले बताए । अहिले अमानतमा कार्य भएकाले प्राथमिक उपचार जस्तो मात्र भएको उनको भनाइ छ ।
खाल्डा पुर्न टेण्डर नै कुर्नु नपर्ने भन्दै वडाध्यक्ष भट्टरार्ईले भने,‘यदि सडक डिभिजनले सक्दैन भने सक्दिनँ भन्नुप¥यो हामी गर्छाँै ।’ राजमार्ग सङ्घीय सरकार अन्तर्गत भएकाले स्थानीय तहले सडकमा खर्च गरे बेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने उपमहानगरको भनाइ छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रिजालले आवश्यकता र औचित्यका आधारमा सडक र पुल मर्मत गर्नुपर्नेमा जोड दिए । सङ्घीय सरकारले सडक बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरे समस्याको समाधान छिटो हुने उनको तर्क छ ।

















