धनकुटाः धनकुटामा महिलाहरुले फोहरमैला व्यवस्थापन केन्द्र माथिनै तिजको दर खाएर मनाएका छन् । धनकुटामा रहेका तेह्रथुमे चेलीहरुले स्थानीय फोहरमैला व्यवस्थापन केन्द्रमै दर खाने कार्यक्रमको आयोजना गरेका हुन् ।

फोहरमैला व्यवस्थापन केन्द्र दुर्गन्धीत हुदैन भन्ने जानकारी दिन फोहरमैला व्यवस्थापन केन्द्रमै दर कार्यक्रम आयोजना गरीएको उमा खनालले जनकारी दिइन् । फोहरमाथि निर्माण भएको पार्कमा बसेर फोहरमैला व्यवस्थापन, फोहरको वर्गिकरणका विषयमा गित बनाएर गाँउदै नाच्दै मनाएको उनले बताइन्। चाडवाडको निरन्तरतासगैँ तिजका गितमा फोहरमैला व्यवस्थापनको मार्मिक सन्देशले आनन्दित तुल्याएको मिरा घिमिरेले जानकाी दिइन्। 69368715_376324226392500_4109840650625613824_n

 

यता नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले महिलाको उपस्थितीले तिज वातावरणमैत्री सन्देश प्रवाह गर्दा सबैमा सकरात्मक सन्देश गएको बताए ।

धनकुटामा पूर्वाधार, प्रविधि र आर्थिक स्रोतको व्यवस्थापन पर्याप्त रुपमा भए अझ सुधार गर्न सकिने बताईएको छ । धनकुटा नगरपालिकाले फोहरको उचित व्यवस्थापन गरेर निर्माण गरेको पार्कमा धेरैले भ्रमण गर्दै आईरहेका छन् । यस अघि नेपाल पत्रकार महासघंको बैठक तथा कार्यलय प्रमुखहरुको बैठक समेत यहा बसिसको छ ।

69269463_637717600052209_2565922743778279424_n