इटहरीः इटहरी ९ को जनता माध्यमिक विद्यालयबाट २०४६ सालको एसएलसी परीक्षा दिएका विद्यार्थीहरूले हरेक कक्षाका जेहनदार विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका छन् । ‘जनता प्रतिभा पुरस्कार’ नामक पुरस्कार कक्षा एक देखी दश सम्मका जेहनदार विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । १० जनालाई ८७ हजार ९ सय बराबरको रमक सहितको पुरस्कार पूर्व विद्यार्थीहरूले प्रदान गरे ।
जनता मावि इटहरी २०४६ ब्याचको आयोजनामा ‘मित्रएकता र सामाजिक उत्तरदायित्व’ नाराका साथ गत ८ गते पुरस्कार वितरण गरिएको थियो । जनता मावि इटहरी २०४६ ब्याचका अध्यक्ष तथा पूर्वका चर्चित ड्राइभिङ स्कुल व्यवसायी बाबुराम प्रधानको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहलाई चर्चित कवि तथा सोही ब्याचकि विद्यार्थी सुभलक्ष्मी लम्सालले सञ्चालन गरेकी थिइन ।
पुरस्कार वितरण समारोहमा जनता मावि २०४६ को ब्याचमा विद्यार्थी रहेर विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सुन्दर बस्नेत, संयोग पराजुली, दिवस पोखरेल , मोहन प्याकुरेल ,लिना चौधरी, मिनु न्यौपाने लगायतका थुप्रै पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको अध्यक्ष बाबुराम प्रधानले बताए ।
कसले कति पुरस्कार पाए ?
कक्षा एक देखी दश सम्म उत्कृष्ट अङ्क ल्याएर पास भएका विद्यार्थीहरूले पुरस्कार पाएका थिए । पुरस्कारको रकम ५ हजार देखी २० हजार सम्म रहेको छ । रकमसँगै विद्यार्थीहरूले प्रमाणपत्र र अन्य विभिन्न उपहारहरू समेत पाएका थिए ।
१. कक्षा १ कि टपर शिवानी प्रधानः ५ हजार
२. कक्षा २ कि टपर सोनिका खतिवडाः ५ हजार ५ सय
३. कक्षा ३ कि टपर सामना राईः ६ हजार
४. कक्षा ४ कि टपर फूलमाया तामाङः ६ हजार ६ सय
५. कक्षा ५ का टपर दिनेश कुमार मगरः ७ हजार ३ सय
६. कक्षा ६ कि टपर सपना दाशः ८ हजार
७. कक्षा ७ कि टपर स्मृति मल्लीकः ८ हजार ८ सय
८. कक्षा ८ का टपर सुशान्त ढकालः ९ हजार ७ सय
९. कक्षा ९ कि टपर अदिति बन्जराः ११ हजार
१०. कक्षा १० कि टपर जेनिसा मिश्रः २० हजार