इटहरीः सुनसरीको दुहबीमा आइतबारदेखि गणेश पूजा महोत्सव शुरु भएको छ । गणेश चतुर्थीको अवसरमा तीन दिनसम्म लाग्ने महोत्सवको पहिलो दिन आइतबार ९ फिट अग्लो गणेशको मूर्ति अनावरण गरिएको छ भने सोमबारबाट पूजा शुभराम्भ र प्रसाद ग्रहण हुने भएको छ ।

दुहबीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी श्री गणेश पूजा समितिले यस वर्षको महोत्सवमा २५ हजार दर्शनार्थीको उपस्थिति रहने जानकारी दिएको छ । १० लाखको लागतमा महोत्सव आयोजना गरिएको समितिका सदस्य रञ्जित गोस्वामीले बताए । पहिलो वर्षको उत्साहलाई मध्यनजर गर्दै यस बर्षको महोत्सवमा पूजा, आरती र प्रसाद ग्रहणको सहज व्यवस्था मिलाइएको उनले बताए ।

महोत्सवमा १ सय १ केजीको लड्डु गणेश भगवानलाई चढाइने समेत कार्यक्रम रहेको गोस्वामीले बताए ।