विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो सुन्दरहरैंचा आइडल सञ्चालन गरिरहेको छ । सो आइडलमा ४० जना प्रतियोगी सेमीफाइनलमा पुगेका छन् ।

यसैबीच, मङ्गलबार उद्योग वाणिज्य सङ्घ कोशीहरैंचाको सभाहलमा भएको क्वाटरफाइनल प्रतियोगितामा सुन्दरहरैंचा आइडलका सहयोगीहरुलाई सम्मान गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष आनन्द बस्नेतले सुन्दरहरैंचा आइडलको लागि सहयोग गर्ने जनप्रतिनिधि, सङ्गीतकर्मी र सञ्चारकर्मीलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले लुकेर रहेका स्थानीय प्रतिभाको प्रस्फुटनको लागि भएका कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्ने बताए ।

अयोजक संस्थाका सल्लाहकार जेबी थुलुङले फाइनल प्रतियोगितामा राष्ट्रिय स्तरका सङ्गीतकार ल्याएर मूल्याङ्कन गरिने बताए । यसअघिको अडिसनमा प्रतियोगीको स्वर मात्र जाँच गरिएको उनले बताए । मङ्गलबारको प्रतियोगितामा प्रतियोगीले गाउने लयको पनि जाँच गरिएको उनले बताए । त्यस्तै आगामी अडिसनमा सुर, ताल लगायतका सङ्गीतका अन्य पक्षको जाँच गरिने उनको भनाइ थियो ।

आइडल उपाधि विजेताले नगद २५ हजार र ट्रफी, फस्ट रनर अपले नगद १५ हजार र ट्रफी तथा सेकेण्ड रनर अपले नगद १० हजार तथा ट्रफी र अन्य विभिन्न उपहार पाउने आयोजकले जनाएको छ ।

sundar haraicha idol  (9) sundar haraicha idol  (11) sundar haraicha idol  (16)