इटहरीः रेडियो नेपाल दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरूलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै प्रेस युनियन सुनसरी शाखाले विरोध जनाएको छ ।

निस्कासित पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै विवादित सञ्चार विधेयक समेत सच्याउन प्रेस युनियन सुनसरीले माग गरेको छ । विरोधको पहिलो चरणको कार्यक्रमअनुसार बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

प्रेस युनियन सुनसरीले पनि प्रशासनमार्फत् सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र पठाएको हो । युनियनका सुनसरी अध्यक्ष एवम् अन्य पदाधिकारीले संयुक्त रूपमा निमित्त प्रमुखजिल्ला अधिकारी जयराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।