इटहरीः सुनसरीबाट प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले दोस्रो राष्ट्रिय जनजागरण अभियान शुरु गर्ने भएको छ । बीपी कोइरालाको १०६ औ जन्मजयन्तीको अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने भएको हो ।

भदौ २४ गते सुनसरीबाट शुरु हुने जागरण अभियानमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री सशाङ्क कोइराला, विजय गच्छदार, शेखर कोइराला, सुजता कोइरालालगायतका नेता सुनसरी आउने भएका छन् । राष्ट्रिय जागरण अभियानलाई लक्षित गर्दै कार्यक्रमको तयारी भइरहेको काङ्ग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए ।

अभियानकै क्रममा काङ्ग्रेस सुनसरीको पार्टी कार्यालय हाताभित्र निर्मित गिरिजाप्रसाद कोइराला स्मृति भवनको उद्घाटन हुने उनले बताए ।