धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेट्रोनमा उपेन्द्र यादव नियुक्त भएका छन् ।

प्रतिष्ठानको नर्सिङ विभागमा कार्यरत एडिसनल प्रोफेसर यादवलाई प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनालले मेट्रोनमा नियुक्त गरेका हुन् ।

नेपाल नर्सिङ सङ्घ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इकाई अध्यक्ष समेत रहेका यादव अर्को व्यवस्था नभएसम्मका लागि मेट्रोन नियुक्त भएका हुन् । मेट्रोनले प्रतिष्ठानमा कार्यरत नर्सको परिचालन तथा व्यवस्थापन गर्ने गर्छन् ।