विराटचोकः सुन्दरहरैंचा सांस्कृतिक परिवारको आयोजनामा मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैंचा आइडलको फाइनलमा १० जना प्रतिष्पर्धी पुगेका छन् ।

शनिबार भएको सेमीफाइनल राउण्डबाट १० जना प्रतियोगी अघिल्लो चरणको लागि छनोट भएका आयोजकले जनाएको छ । शनिबार भएको सेमीफाइनल राउण्डमा ४० प्रतियोगी सहभागी थिए ।

यी १० जना पुगे फाइनलमा
शनिबार साँझ साढे ७ बजे आएको नतिजाअनुसार सुन्दरहरैंचा आइडलको फाइनलमा प्रतिष्पर्धा गर्न यी १० जना प्रतियोगी पुगेका छन् ।

सुन्दरहरैंचाको वडा नम्बर ३ की स्वस्तिका परियार, वडा नम्बर ९ की समीक्षा घिमिरे र एलिष बिष्ट तथा वडा नम्बर १० का आयुष बिष्ट, सागर तामाङ र क्षितिज महरा फाइनलमा पुगेका छन् । त्यस्तै, वडा नम्बर ८ का स्वरुप खतिवडा, सिमन उराव, सुनिल अधिकारी र निशान्त पाण्डे फाइनलमा पुगेका छन् ।

शनिबारको प्रतिष्पर्धामा सङ्गीतकारत्रय राम धामी, भीम बस्नेत र शेखर थापामगरले सहभागीको गायन क्षमताको मूल्याङ्कन गरेका थिए ।

सुन्दरहरैंचामा लुकेर रहेका प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष आनन्द बस्नेतले बताए । प्रतियोगिताको फाइनल भने असोज ११ गते विराटचोकमा हुने भएको छ ।

संस्थाका सल्लाहकार जेबी थुलुङका अनुसार शनिबार चयन भएका १० जना प्रतिष्पर्धीलाई संस्थाले सामाजिक तथा व्यक्तित्व विकासका विभिन्न तालीममा सहभागी गराउने भएको छ ।

आइडल विजेताले मेडलका साथमा नगद २५ हजार र अन्य गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै, फस्ट रनर अपले नगद १५ हजार रुपैयाँ र सेकेण्ड रनर अपले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

sundatharaicha idol  (2) sundatharaicha idol  (5) sundatharaicha idol  (6) sundatharaicha idol  (7) sundatharaicha idol  (8)