इटहरीः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।
शनिबार बसेको पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । देवी विसर्जन गर्ने साइत बिहान ८ बजेर ४५ मिनेटका लागि रहेको पनि समितिले जनाएको छ ।
घटस्थापनाका लागि असोज १२ गते बिहान साढे १० बजेको साइत उत्तम रहेको समितिले सार्वजनिक गरेको छ ।