इटहरीः किराँत समाजको पहिलो वार्षिक साधारण सभा सकिएको छ । यही भदौ २१ गते संस्थाको कार्यालय रहेको महालक्ष्मी नगरपालिका ललितपुरमा साधारण सभा समापन भएको हो । किराँत राई,लिम्बु, याक्खा र सुनुवारहरूको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा र पारम्परिक कार्यहरू संरक्षण गर्न बनेको समाजको साधारण सभा खुल्ला र बन्द दुई सत्रमा सञ्चालन भएको थियो ।

निवर्तमान न्यायाधीश भूपेन्द्र प्रसाद राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किराया विद्यार्थी सङ्घका संस्थापक भीम राई लगायत विशिष्ट किराँती व्याक्तित्वहरुको उपस्थिति र मन्तव्य रहेको थियो । साधारण सभाको बन्द सत्रले २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

सोनाम याक्खाको अध्यक्षतामा बनेको कार्यसमितिका उपाध्यक्षहरूमा क्रमशः कल्पना राई र राज कुमार राई रहेका छन् । उमेश सेरालुंग सचिव भएको समितिमा प्रदीप याक्खा सहसचिव र पासाङ राई कोषाध्यक्ष चयन भएका छन् । कोषाध्यक्ष भने कृष्णा कुमारी लिम्बु चयन भएकी छिन ।

सदस्यहरूमा चक्र राई, मनिकला राई, रुकमान राई, बबिता राई, निशा राई, सङ्गीता राई, देवकला राई, कल्पना लिम्बु रहेका छन् । यस्तैगरि, कुमारी लिम्बु, उर्मिला कुमारी राई, जगत सरि राई, अशोक राई, दीपेश राई रहेका छन् । सुनुवार कोटाको एक जना सदस्य भने आगामी बैठकमा पूर्ण हुने नयाँ कार्यसमितिले जानकारी दिएको छ ।