इटहरीः पीएलओ लुब्रिकेन्टले उद्योग परिसरमै कर्मचारीको लागि स्वास्थ्य कक्ष स्थापना गरिएको छ । करिब ३ सय कर्मचारी रहेको उद्योगमा कुनै पनि स्वास्थ्सम्बन्धी समस्या तथा घाउ चोट लागे तत्काल उपचार गर्ने उद्देश्यका साथ स्वास्थ्य कक्ष स्थापना गरिएको सञ्चालक भोला दुलालले जानकारी दिए ।

दुलालले आइतबार स्वास्थ्य कक्षको उद्घाटन गरेका थिए । कक्षमा २४ घण्टा फिजिसियन डाक्टर रहने व्यवस्था मिलाइएको दुलालले बताए । उद्घाटनपछि लुब्रिकेन्टका कर्मचारीको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।