बेलबारीः अस्पतालहरूमा रगतको अभाव हुन नदिने उद्देश्यका साथ बेलबारी जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० पाउन्ड रगत सङ्कलन भएको छ । जेसीज सप्ताहअन्तर्गत पर्यटकीय क्षेत्र बेतना सिमसारको सरसफाइ पनि गरिएको बेलबारी जेसीजका पूर्व अध्यक्ष राजन प्रसाईंले बताए । प्रसाईका अनुसार प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, लागूपदार्थ दुव्र्यसन तथा ट्राफिक नियमसम्बन्धी कार्यक्रम जेसीज सप्ताहमा गरिँदैछ ।