शिक्षा दिवसमा शिक्षक र विद्यार्थी एउटै मञ्चमा सम्मानित

  • भदौ २४, २०७६
  • १९७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काँकरभिट्टाः ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय जनाभन्दा बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ । धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नगर प्रमुख विमल आचार्यको सभापतित्वमा भएको शिक्षक विद्यार्थी सम्मान कार्यक्रममा कक्षा ८ को परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयतर्फका ५ र संस्थागत विद्यलायतर्फका ४ जना, एसईई परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयतर्फका ४ र संस्थागत विद्यलायतर्फका २ जना विद्यार्थी पुरस्कृत भएका हुन् । त्यस्तै, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, कर्मचारी, बालशिक्षकतर्फ एक÷एक गरी ४ जना तथा प्याब्सनतर्फका ४ जना र एन प्याब्सनतर्फका ३ जना व्यवस्थापकलाई पुरस्कृत गरिएको हो ।

यसैगरी सेवा निवृत्त भएका ४० तथा अनिवार्य अवकाशतर्फका ४८ गरी कुल ८८ जना शिक्षकलाई समेत सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रदेश सभा सदस्य मैनाली, नगरप्रमुख आचार्य, विशिष्ट अतिथि नगरप्रमुख मीना पोखरेल उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालले शुभकामना मन्तव्यसहित सम्मानित तथा पुस्कृत व्यक्तित्वलाई अविर, टीका दोसल्लासहित सम्मान पत्र र पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा निजी विद्यलायका तर्फबाट मेचीनगर प्याब्सन अध्यक्ष डम्बर रुचालले बोलेका थिए । कार्यक्रममा विभिन्न जातजातिको कला, संस्कृति तथा रीतिरिवाज झल्किने गीतमा विद्यार्थीले नृत्य गरेका थिए । शिक्षा शाखा प्रमुख होम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा शाखा सदस्य सुरेन्द्र उप्रेतीले स्वागत गरेका थिए ।

saksharta jhapa  (3)

 

प्रतिक्रिया दिनुहोस

तीर्थयात्रामा सवारी ...

इटहरीः तीर्थयात्राका क्रममा भारतको तामिलनाडु राज्यमा सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरी उपमहानगरपा ...

२२ औं बुढासुब्बा गोल ...

धरानः मोफसल कै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा रहेको २२ औ अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल् ...

टेम्केमैयुङ गाउँपालि ...

भोजपुरः भ्रमण वर्ष २०२० लाई सफल पार्दै मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्न टेम्केमैयुङ पर्यटकीय ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved