इटहरीः इटहरीमा रहेको आइतबारे मार्गको हरेक आइतबार व्यापारीले सफाइ गर्न थालेका छन् ।

आइतबारे व्यापारिक मञ्च गठन गरी २ साताअघिदेखि सफाइ अभियान शुरु गरिएको अध्यक्ष डिल्लीराम (कुमार गिरी) ले बताए । इटहरीको धरान लाइनमा रहेको आइतबारे प्रवेशबिन्दुदेखि नेपाल टेलिकमसम्म सरसफाइ गर्ने गरिएको उनले बताए ।

१ महिना अघि गठन भएको सो मञ्चको उपाध्यक्षमा ईश्वरी चापागाईँ, सचिवमा चुडामणि काफ्ले, सहसचिवमा अर्जुन गिरी तथा कोषाध्यक्षमा विष्णुमाया राईलगायत रहेका छन् ।

आइतबारे मार्गमा इटहरी सरकारले रात्रीकालीन बजार सञ्चालन गर्ने निर्णय १ वर्ष अघि गरेको थियो । सो निर्णयलाई पनि कार्यान्वयनमा ल्याउन सरसफाइ अभियानले सहयोग पुग्ने अध्यक्ष गिरीले बताए ।