उर्लाबारीः योसेक क्लब उर्लाबारी–३ ले मङ्गलबार मङ्गलबारे चोक क्षेत्रमा सरसफाइ गरेको छ ।

नगरलाई स्वच्छ र सफा राखौं भन्ने अभिप्रायका साथ सरसफाइ कार्यक्रम गरिएको क्लबका अध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । सरसफाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, युवाहरू, ट्राफिक, प्रहरी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

जथाभावी फोहोर नफ्याँक्नसमेत स्थानीयलाई अनुरोध गरिएको सरसफाइ अभियन्ता नवराज खत्रीले बताए । सोही अवसरमा मङ्गलबारे चोकमा यात्रुवाहक बसलाई अनिवार्य बस स्टेण्डमा रोक्न सचेत गराइएको योसेकका संस्थापक अध्यक्ष जितेन चोङबाङले जानकारी दिए ।