इटहरीः सुनसरीको घुस्कीमा एक व्यक्तिको सडेको अवस्थामा शव भेटिएको छ । हरिनगर गाउँपालिका ७ स्थित घुस्की बजार नजिक बिहीबार दिउँसो धान खेतमा अन्दाजी ३०÷३५ वर्षीय युवकको शव भेटिएको हो ।
शव सडेको अवस्थामा भेटिएका कारण व्यक्तिको पहिचान हुन नसकेको प्रहरी चौकी घुस्कीका सई हरिबहादुर कार्कीले जानकारी दिए ।
स्थानीय महिला घाँस काट्न खेतमा जाँदा घोप्टिएको अवस्थामा शव भेटेर प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको छ । शवको पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
शवको प्रकृति हेर्दा हत्याको आशङ्का प्रहरीले गरेको छ ।