विराटनगरः नोबेल शिक्षण अस्पतालको प्रायोजनमा यस वर्ष पनि ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ सञ्चालन भइरहेको छ ।

मोरङ, सुनसरी, उदयपुर र झापाका ६ स्थानमा अडिसन सकेर अहिले विराटनगरमा प्रतियोगीहरूको प्रशिक्षण चलिरहेको छ ।

यसअघि झुम्का, गाईघाट, दुुहबी, नेताचोक, बिर्तामोड र विराटनगरमा अडिसन गरेर थारु आइकनका लागि ३२ जना युवा युवती छनोट गरिएको थियो । साउन ३० गतेदेखि भदौ ८ गतेसम्म सञ्चालन भएको अडिसनबाट २१ जना युवती र ११ जना युवक छनोट भएका छन् ।

छनोट भएका प्रतियोगीका लागि एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको आयोजक थारु कला केन्द्रकी पार्वती गच्छदारले जानकारी दिइन् । उनका अनुसार प्रशिक्षण कार्यक्रम पश्चात असार १८ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने फाइनलबाट नोबेल मिस्टर एण्ड मिस थारु आइकन घोषणा गरिनेछ ।

आइकन विजेताले ५० हजार, फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । नोबेल अस्पतालको प्रायोजनमा गत वर्ष पनि ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ प्रतियोगिता भएको थियो ।

tharu icon  (3)