इटहरीः मृत पित्रृहरुको सम्झनामा धनकुटाको मुलघाट स्थीत बिश्रान्ती मन्दीरमा पित्रृ स्तम्भ निर्माण गरिएको छ । तमोर नदिको किनारमा अहिले सम्म दाहासंस्कार गरीएका पित्रृको सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो ।करिब २० लाख रुपैयाको लागतमा सो स्तम्भ निर्माण गरिएको हो । सोह्श्राद्धको अबसर पारेर पित्रृलाइ तर्पण दिने कार्य समेत सुरु गरिएको हो । सो स्तम्भमा आज पहिलो दिननै सयौ ब्याक्तिले आफ्ना पित्रृको सम्झनामा तर्पण दिएका छन् ।

यहाँ दैनिक तर्पण दिने ब्यबस्था मिलाएको बिश्रान्ती मन्दीर ब्यबस्थापन समितीका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । 'अब भने यहा आइपुग्ने भक्तजनले आफ्ना पित्रृहरुको सम्झनामा जुनसुकै बेला तर्पण दिन सक्नेछन् ।' घिमिरेले भने ।