खाँदबारीः खाँदबारीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
तुम्लिङटार–चेवाबेसी सडक खण्डमा बाटो मर्मत गर्दै गरेको नम्बर नखुलेको खाँदबारी–७ का ९० वर्षीय सबरबहादुर राईलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार जेसीबी ब्याक गर्ने क्रममा राईलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा शनिबार दिउँसो ३ बजे उनको मृत्यु भएको थियो ।
प्रहरीले जेसीबी चालक भोजपुरको अरुण गाउँपालिका ३ का २८ वर्षीय टीकाराम कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।