विराटचोकः चानुवाली एकता समाजसेवा समितिको दोस्रो वार्षिक साधारण सभा सुन्दरहरैंचा ८ भुल्के मन्दिर परिसरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्रबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका ज्येष्ठ पुरुष शेयर सदस्य काशीनाथ कोइराला र ज्येष्ठ महिला शेयर सदस्य राधादेवी कोइरालालाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार चन्द्रप्रसाद अधिकारीले सीमित भूगोलबाट आएर सीमित क्षेत्रमा बस्ने सीमित व्यक्तिले संस्थालाई अघि बढाउन सफल भएको बताए । शेयर सदस्य राधा खड्का र लोकबहादुर चापागाईंले पनि कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बमबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा ६७ जना शेयर सदस्यको ७३ हजार ७ सय रुपैयाँ शेयर र १ लाख ३१ हजार ८ सय रुपैयाँ निक्षेप रहेको आर्थिक प्रतिवेदनमा जनाइएको छ ।

कार्यक्रममा संस्थाका सहसचिव इन्द्रबहादुर चापागाईले स्वागत मन्तव्य राखेका थिए । सो संस्था धनकुटाको साबिक चानुवा गाविसबाट बसाइँ सरी मोरङको सुन्दरहरैंचामा बसोबास गर्नेहरूको साझा संस्था भएको उनले बताए ।

chanuwali  (1) chanuwali  (4) chanuwali  (6) chanuwali  (5) chanuwali  (7) chanuwali  (10) chanuwali  (8) chanuwali  (9)

 

chanuwali  (2)