धरानः राष्ट्रिय जनमुक्ति पार्टीको धरान उपमहानगर समितिमा ३ जना सदस्य मनोनित भएका छन् ।

पार्टीको भदौ २८ गतेको १८ औं संयुक्त बैठकले ३ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो । पार्टीका धरान उपमहानगर संयोजक चित्र मगरका अनुसार धरान–१६ का बाबुराजा सिंह थारु ‘हीरा’, धरान १२ का बाबुनहाङ पालुङ्वा र धरान–१५ का दुर्गा तामाङ सन्देशलाई मनोनयन गरिएको छ ।