धनकुटाः लागूऔषध प्रयोगकर्ताको बानी सुधार गर्न धनकुटा परिवर्तन पुनस्र्थापना केन्द्र स्थापना गरिएको छ ।

धनकुटा नगरपालिका ७ लाफाचोकमा स्थापना गरिएको केन्द्रमा ३५ जना लागूऔषध प्रयोगकर्तालाई राख्न सकिने जनाइएको छ । लागूऔषध प्रयोगकर्तालाई अध्ययन, योगा, थेरापी, घरायसी काम साथै खेलकुद र मनोरञ्जन जस्ता गतिविधिमा व्यस्त बनाएर क्रमिक सुधार गर्ने योजना रहेको छ । मासिक १२ हजार रुपैयाँ खर्चमा ४ महिने प्याकेज कार्यक्रम बनाइएको केन्द्रकी सञ्चालक प्रमुख कुसुम रानामगरले बताइन् ।

केन्द्रमा पूर्व लागूऔषध प्रयोगकर्ताको अनुभव र हाल समाजमा घुलमिलको अवस्थाको बारेमा दैनिक विभिन्न समयमा कम्तीमा ५ घण्टा कक्षा सञ्चालन गर्ने गरिएको काउन्सिलर स्वयम् श्रेष्ठले बताए । नियमित औषधी प्रयोगकर्ता र शारीरिक अशक्तबाहेक १८ वर्ष माथिको उमेर समूहका लागूऔषध प्रयोगकर्ता केन्द्रमा राखिने योजना रहेको छ ।

पुरुषमात्र रखिने करीब ४० लाखको खर्चमा खोलिएको केन्द्रमा धनकुटा र सुनसरी जिल्लाका १० जना लागूऔषध प्रयोगकर्ता हाल रहेको सञ्चालक रानामगरले बताइन् । धनकुटा जिल्लामा लागूऔषध प्रयोगकर्ता बढिरहेको बेला खोलिएको पुनस्र्थापना केन्द्र भए पनि स्थानीय अभिभावकहरू आप्mनो सन्तान राख्न हिच्किचाहट गर्ने गरेको स्थानीय बताउँछन् ।