इटहरीः सामाजिक सेवाका लागि युवा अभियान (वाइएसएस) नेपाल सुन्दरहरैंचाले सुन्दरहरैंचा ७ को गोठगाउँ चोकमा संविधान दिवसको अवसरमा आज साँझ दीप प्रज्वलन गरेको छ ।

वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष ज्ञाननाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद घिमिरे, आयोजक संस्थाका सल्लाहकार उमेश उप्रेती, स्थानीय समाजसेवी रवीन्द्र आचार्य, पोष्टकुमार श्रेष्ठ, लक्ष्मी फुयल, गोकुल न्यौपाने, भोजराज रिजाललगायतको उपस्थिति थियो ।

संस्थाकी सचिव गरिमा श्रेष्ठले सञ्चालन गरेको कोषाध्यक्ष नम्रता पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि, अतिथि र स्थानीयवासीले सडकमा दीप प्रज्वलन गरेका थिए ।

dip prajwalan gothgau  (1) dip prajwalan gothgau  (2) dip prajwalan gothgau  (3) dip prajwalan gothgau  (4) dip prajwalan gothgau  (6) dip prajwalan gothgau  (7)