इटहरीः संविधान दिवसको अवसर पारेर पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले आज नगरव्यापी माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

‘संविधान कार्यान्वयनमा आम नागरिकको भूमिका’ विषयक वक्तृत्वकलामा सुविजीमुर माविका सर्वज्ञराज कट्टेल पहिलो भए । त्यस्तै, स्कलर्स होमकी करिष्मा राई दोस्रो, पञ्चायत माविका दीपक बिक तेस्रो भए । साजीलाल माविकी नवीना खड्काले सान्त्वना स्थान हात पारिन् ।

प्रतियोगितामा सुन्दरहरैंचाका १२ ओटा विद्यालयका १२ जना प्रतियोगीले भाग लिएका थिए । अमृत आचार्य, मदन बराल र कालीदास कोइराला प्रतियोगितामा निर्णायकको रूपमा रहेका थिए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याउने प्रतियोगीले ट्रफी र प्रमाणपत्रका साथमा क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पाए ।

संस्थाको सुन्दरहरैंचा शाखाकी अध्यक्ष सिर्जना धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा प्रमुख अतिथि र सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला विशेष अतिथि रहेका थिए ।

पञ्चायत मावि सुन्दरहरैंचामा भएको कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।

baktritwakala  (1) baktritwakala  (2) baktritwakala  (4) baktritwakala  (5) baktritwakala  (6) baktritwakala  (7) baktritwakala  (9) baktritwakala  (10)