इटहरीः धरान १३ जिरो प्वाइन्टस्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरानबाट धनकुटातर्फ जाँदै गरेको ना ७ ख १८३२ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को ३७ प ७७३ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
ठक्करपछि अनियन्त्रित भई सो ट्रकमा स्कुटरले ठक्कर खाँदा स्कुटर धरान–१३ का २७ वर्षीय सबिन राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । ट्रक चालक फरार भएकाले खोजी भइरहेको ट्राफिकले जनाएको छ । ३ ओटै सवारी साधन र मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।