धरानः धरान–३ स्थित सगरमाथा एसडी कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि आयोजित स्वागत कार्यक्रमका अवसरमा आयोजना भएको ‘मिस र मिस्टर सगरमाथा’ रजनी लिम्बू र प्रेम मगर घोषित भएका छन् ।

धरान–१५ स्थित होटल इजी राइडरमा शनिबार सम्पन्न प्रतियोगितामा मिस सगरमाथाको फस्ट रनर अप सुनिता तामाङ र सेकेन्ड रनर अप निरुसा भुजेल घोषित भए । त्यस्तै मिस्टर सगरमाथाको फस्ट रनर अप मनबहादुर दर्जी र सेकेन्ड रनर अप आशिष राई घोषित भए ।

सब टाइटलतर्र्फ मिस ट्यालेन्ट र मिस डिसिप्लिन रजनी लिम्बू, मिस्टर डिसिप्लिन प्रेम मगर, मिस एक्टिभ सुनिता तामाङ, मिस्टर एक्टिभ राहुल बिक र मिस्टर ट्यालेन्ट अनिस राई घोषित भए । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत दयाराम राई, सगरमाथा कलेजका प्रिन्सिपल सन्तोष राई, निर्णायकहरू बिग इभेन्ट नेपालका अध्यक्ष दोर्पध्वज राई, बिग इभेन्ट नेपालका निर्देशक ललित राई, मिस प्लस टु २०१७ की विजेता सिमरन तुलाधर, कोरियोग्राफर एवम् मिस नेपाल आइडलकी विजेता मेरिना तुम्सा लगायतले ताज, ट्रफी र स्लास लगाइदिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दयाराम राईले सार्वजनिक वा निजी जुनसुकै शैक्षिक संस्था भए पनि सबै मिलेर शिक्षाको उज्यालो छर्दै राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए । विशेष अतिथि हिसान धरान नगर सचिव दुर्गा सुवेदीले विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै स्वदेशमै उन्नति गरेर समृद्ध राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको थियो । विद्यार्र्थले नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए । कलेजका सहप्राचार्य देवराज रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा हिबिस्कस बोर्डिङका कोअर्डिनेटर गंगाराम राई, देउराली चिल्ड्रेन बोर्डिङका प्रिन्सिपल मनकुमार राई, एकवा डाइनेष्टिक बोर्डिङका प्रिन्सिपल अनिस राई, धरान–३ का समाजसेवी सर्वजीत राई, बास्केटबल प्रशिक्षक विकास चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।