इटहरीः हिमालयन टेलिभिजनबाट प्रशारण हुने चर्चित सिंगिङ रियालिटि सो द भोईस अफ नेपालमा ईटहरीका अजेश पौडेलले निर्णयकको मन जीत्न सफल भएका छन् । ब्लाइन्ड अडिसनमा पौडेलले मत मर्छु क्यारे बोलको गीत गाएका थिए । जहाँ निर्णायकहरूले पाैडेलकाे खुलेर प्रशंसा गरेका छन् । 

प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे देखि उक्त कार्यक्रम  प्रशारण हुने गरेको छ । पौडेलले गाएको गितमा जर्जहरु दीप श्रेष्ठ, प्रमोद खरेल र आस्था राउतलाई अगाडी फर्काएका हुन् ।

सानै उमेर देखि संगितमा लगाब राख्ने पौडेल पूवाञ्चल रेकडिङ्ग स्टडियोमा संगित सिक्दै आएका थिए । यो ब्लाईन्ड अडिसनको बाटो खुलेसँगै उनलाई अगाडी बढ्ने बाटो खुलेको छ ।