धरानः लागूपदार्थको दुव्र्यसनबाट मुक्त भएको ५ महिनामै धरानका एक युवा मेन्स फिजिक्सको उपाधि जित्न सफल भएका छन् ।
धरान–१६ का अवतार श्रेष्ठले वीरगञ्जमा भएको रेन्बो क्लासिक राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसीपको मेन्स फिजिक्सको उपाधि जित्न सफल भएका हुन् । १३ वर्षको उमेरदेखि लागूपदार्थको कुलतमा फसेका श्रेष्ठले धरानस्थित सञ्जीवनी सुधार केन्द्रबाट पुनस्र्थापित भएका थिए ।
५ महिनाअघि पुनस्र्थापित भएका श्रेष्ठले ३ महिनादेखि फिटनेस गर्न थालेका थिए । कोच पूर्ण तामाङले उत्साहित बनाएपछि फिटनेसतर्फ उनी आकर्षित भएका थिए । असोज ३ र ४ गते वीरगञ्जमा भएको प्रतियोगितामा विजेता बनेका श्रेष्ठलाई सञ्जीवनीले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
श्रेष्ठसँगै कोच पूर्ण तामाङलाई पनि केन्द्रले सम्मान गरेको छ । लागूपदार्थको दुव्र्यसनबाट मुक्त भएपछि उपाधि हासिल गर्दा परिवारसहित साथीहरू आफूभन्दा धेरै खुशी भएको उनले बताए । श्रेष्ठले उपाधिसहित नगद ५१ हजार र ट्रफी हात पारेका थिए ।