ताप्लेजुङः मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध नेपाली काङ्ग्रेस ताप्लेजुङले मङ्गलबार खबरदारीसभा गरेको छ ।

सदरमुकाम फुङलिङमा बृहत ¥यालीसहित आमसभाको आयोजना गरी काङ्ग्रेस नेताहरूले वर्तमान सरकारले अस्वाभाविक कर लगाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापनका क्रममा सरकारविरुद्धको बृहत ¥यालीसहित आमसभाको आयोजना भएको थियो ।

यस्तै, जागरण अभियानको समीक्षासमेत भएको काङ्ग्रेस ताप्लेजुङले जनाएको छ । ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै काङ्ग्रेस ताप्लेजुङकी सभापति लीलादेवी बोखिमले नेकपाको सरकारले लगाएको अस्वभाविक करलाई घटाउन माग गरिन् ।

केन्द्रदेखि स्थानीय तहसम्म नै सर्वसाधारणको ढाड सेक्ने गरी लगाइएको करको दायरा नघटाए थप आन्दोलन गर्ने चेतावनीसमेत उनले दिइन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश नेताले भ्रष्टाचार, मूल्यवृद्धि नियन्त्रण गर्न र हरेक क्षेत्रमा लगाइएको करलाई घटाउन माग गरेका थिए ।