बिर्तामोडः बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडलाई पानी ट्याङ्कीरहित सेवा उपलब्ध गराउन जोड दिइएको छ । २४ सै घण्टा पानी धारामा आउने वातावरण भएपछि घरको छतमाथि पानी सञ्चय गर्ने प्रथा हट्दै जाने विश्वास वक्ताको थियो ।
संस्थाले मङ्गलबार बिर्तामोडमा आयोजना गरेको १८ आँै वार्षिक साधारणसभाका क्रममा बोल्ने वक्ताले घरको माथि राखिने पानी ट्याङ्की हटाउने अवस्था सिर्जना गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाका समस्या तथा चुनौती र भावी योजनाका विषयमा जानकारी गराएका थिए । उनले बिर्तामोड खानेपानी मिनरल वाटरभन्दा राम्रो भएको समेत बताए । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधा सुब्बाले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका लेखा परीक्षक मोहन शिवाकोटीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्ट्याएका थिए । संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा ४ करोड ५७ लाख २८ हजार ७ सय १० रुपैयाँ २१ पैसा आम्दानी र २ करोड ५२ लाख २० हजार ५ सय ८७ रुपैयाँ ३६ पैसा खर्च गरेको लेखा परीक्षक शिवाकोटीले बताए ।
संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसार्इंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष पर्शुराम सिटौलाले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सल्लाहकार हर्कलाल गिरी, बिर्तामोड –४ का अध्यक्ष कुलप्रसाद सङ्ग्रौला, नेकपा बिर्तामोड अध्यक्ष ज्ञानुराम प्रसाई, समाजसेवी लोकबन्धु कन्दङ्वालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव मेघराज बास्तोलाले गरेका थिए