बिर्तामोडः स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पु¥याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ ।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ ले बिर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले डा. शर्मालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा नेता सिटौलाले दोसल्ला र माला लगाएर सम्मानपत्र प्रदान गरी डा. शर्मालाई सम्मान गरे । सम्मान कार्यक्रममा नेता सिटौलाले समाजसेवाका क्षेत्रमा डा. शर्माले पु¥याएको योगदानको प्रशंसा गर्दै डा. शर्मा अब सांसद बन्ने पक्का रहेको ठोकुवासमेत गरेका छन् । ‘सुनिल शर्माले छोटो समयमै ठूलो प्रगति गरेर सफल व्यक्तिको उदाहरण प्रस्तुत गर्नुभएको छ,’ नेता सिटौलाले भने, ‘अव उहाँले चुनाव जितेर सांसद बन्ने पक्का छ । सांसद बनेपछि र पार्टी सरकारमा गएपछि अरु के–के बन्ने हो उहाँकै हातमा छ ।’ उनले काङ्ग्रेसको सरकार बन्दा डा. शर्माले मन्त्री पाउने सङ्केत पनि गरे ।
सुनिल शर्मा र आफ्नो सम्बन्ध बाबु–छोराको जस्तै रहेको भन्दै उनले डा. शर्माको प्रगतिमा सबैले गर्व गर्नुपर्ने धारणा राखे । सो अवसरमा डा. शर्माले सम्मानका कारण आफूलाई अझ बढी सामाजिक काममा अघि बढ्ने हौसला मिलेको बताउँदै झापामा अर्को एम्बुलेन्स निःशुल्क प्रदान गर्ने घोषणासमेत गरेका छन् । काङ्ग्रेस महासमिति सदस्यसमेत रहेका डा. शर्माले यसअघि मोरङको पथरीशनिश्चरे, इटहरा र पाँचथरमा पनि एम्बुलेन्स प्रदान गरेका छन् ।
उनले गरीब, विपन्न तथा असहाय हजारौं बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाउनुका साथै विपन्न परिवारका सयौं विद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउँदै आएका छन् ।