धनकुटाः धनकुटामा बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण धनकुटाका एक कर्मचारीको मृत्यु भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बेदुवाडाँडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरण धनकुटाका कर्मचारी धनकुटा नगरपालिका वडा नंं.–८ घर भएका ५६ वर्षीय बलबहादुर भण्डारीको मृत्यु भएको हो ।

ट्रान्सर्फमर मर्मत गर्ने क्रममा बुधबार दिउँसो करीब १ बजे भण्डारीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।