विराटनगर: स्वास्थ्य स्वयंसेवीकाहरूका लागि दृष्टिविहीन अपांगता तथा श्रबण सम्वन्धि अभिमुखिकरण तथा सचेतनामूलक तालिम प्रदान गरिएको छ । विराटनगरमा भएको कार्यक्रममा बिभिन्न स्थानियतहका २० जना स्वास्थ्य स्वंयसेविकाहरुको सहभागिता रहेको थियो ।

कोशी बहिरा संघको आयोजनामा राष्ट्रिय बहिरा महासंघ नेपाल तथा सेन्स ईन्टरनेश्नल र जोवाको सहयोमा तालिम प्रदान गरिएको हो । उनिहरुलाई प्रशिक्षक सानू खिम्वाजा ,सदिक्षा सिंह,अस्मिता साक्य ,दुर्गादत्त जोशीले तालिम प्रदान गरेको कोशी बहिरा संघकी दोभाषे सन्तोषी घिमिरेले जानकारी दिइन् ।

नगरभित्रका श्रवण,दृष्टिविहिनहरुको पहिचान गरि जानकारी दिने र उनिहरूका समस्या समाधानमा सहयोग र्पुयाउने लक्ष्यका साथ देशभरका विभिन्न स्थानीय तहमा यसखाले तालिम भइरहेका छन् ।