विराटनगरः विराटनगरमा निर्माणाधिन पशु वधशाला व्यवस्थित एंव अत्याधुुुनिक बन्ने भएको छ । विराटनगर महानगरपालिकाले एक कार्यक्रमका बीच वधशालाको निमार्ण कार्यले पुर्णता पाउन लागेको जानकारी गराएको हो ।

महानगरपालिकाले वधशालाको व्यवस्थापन र निमार्ण बारे विराटनगरमा बिहिवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख भिम पराजुुलीले, वधशाला निमार्णका लागि आबश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिए ।

वधशालालाई निमार्ण गर्न प्रदेश सरकार र महानगरपालिकाले आगामी वजेटमा थप रकम विनियोजित गर्ने जनाइएको छ । वधशाला निमार्णका लागी २१ करोड २५ लाख रुपैया लाग्ने र त्यसकालागि डिपिआर तयार भई सकेको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पाँच, पाच करोड गरि दश करोड रकम विनियोजित गरेको छ । दुइवर्ष भित्र काम सम्पन्न हुनेगरि वधशालाको निमार्ण प्रक्रिया शुरु भएको मेयर पराजुलीले जानकारी दिए ।

नेपालमै नमुना वधशाला निमार्णका लागी हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले वताए । वधशाला निमार्णगर्न टेण्डर आव्हानकालागी महानगरपालिका प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्य समिति समेत गठन समेत गरिएको छ ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख इन्दिरा कार्की, पशु सेवा विज्ञ डां. वोधप्रसाद पराजुुली , सामाजिक महाशाखा प्रमुख पुनम दाहाल, हेफरका उमाशंखर यादव तथा महानगर ,भेटनरी शाखा प्रमुख हिरालाल यादवले वधशालाको निमार्णको तयारीवारे जानकारी गराएका थिए ।

विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कठा जग्गमा वधशाला निमार्णको काम २०६६ शालमा शुुरु भएको हो । तत्कालिन अवस्थामा १ करोड १९ लाखमा वनेको वधशालाले हालसम्मपनि पुर्णता नपाउदा स्वस्थ्य मासुखानवाट उपभोक्ताहरु बन्चित बनेका छन् ।