इटहरीः इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसले आम सञ्चार तथा पत्रकारिता विषयका प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई विशेष क्षमता बुद्धिका लागी प्रयोगात्मक सेमिनार आयोजना गरिएको छ । कार्यक्रमबाट रेडियो तथा टेलिभिजन पत्रपत्रिका अखबार आदिका बारेमा जानकारी आदान प्रदान भएको छ ।

जनता बहुमुखी क्याम्पसबाट प्रकाशन गर्ने डमि म्यागेजिनका लागी आवश्यक समाचार , सम्पादकीय, बिचार लेखन, विज्ञापन आदिको डिजाइन सम्बन्धमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सुनसरी जिल्ला सभापति अमर खड्काले पत्रिका तथा अखबार प्रकाशनको तरिका तथा प्रकाशनको नियम बारे जानकारी दिएका थिए । खड्काका अनुसार कुनै पनि समाचार लेख्दा त्यसका लागी आवश्यक कुराहरूको स्वच्छ र निष्पक्ष समाचार प्रकाशन गर्नुपर्ने हुन्छ ।

टेलिभिजन तथा क्यामेरा सम्बन्धी जानकारी दिनको लागी AP1 HD टेलिभिजनका १ नं प्रदेश ब्युरो प्रमुख मिलन बिछोडको उपस्थिति रहेको थियो । बिछोडका अनुसार आजको जुन पत्रकारिता छ यो भन्दा फरक तथा पृथक् ढङ्गबाट पत्रकारिता गर्नाले राम्रो स्थान पाउन सकिन्छ । 'पत्रकारिता गर्ने व्यक्तिले पीडित र अावाजविहिनका कुरा बाहिर ल्याउन सक्नु नै पत्रकारिताको मूल कर्म हो' उनले भने ।

प्रदेश पाेर्टल (1)

उनले टेलिभिजन पत्रकारितामा भिडियो प्रधान हुने उल्लेख गरे । 'एउटा टेलिभिजनको लागी समाचारको स्रोत भनेको भिडियो हुन्छ' उनले भने 'पाठकले हेरेर पनि धेरै कुरा थाहा पाउनुपर्ने विधा भएको हुँदा यो जटिल र रोमाञ्चक पनि छ ।' प्रशिक्षक तथा विषय प्रमुख गणेश पौडेलले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोगात्मकको पनि आवश्यक पर्नेमा जोड दिए ।

विद्यार्थीले वर्ष दिनसम्म पढेको प्रयोगात्मक तथा सैद्धान्तिक कक्षाबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरे । अहिलेको प्रयोगात्मक सेमिनार कक्षाले विभिन्न पत्रपत्रिका रेडियो टेलिभिजन समाचार प्रसारण तथा प्रकाशनमा महत्त्वपूर्ण टेवा पुग्ने पौडेलले जानकारी दिए ।

कार्यक्रम बोल्दै विद्यार्थी पवन सुबेदीले क्याम्पसबाट सोचेजती सहयोग हुन नसेकेको बताए । उनेले आफूहरू पहिलो ब्याच भएकाले धेरै समस्याको सामना गरे पनि आगामी दिनमा त्यस्ता समस्या आउन नदिन क्याम्पस प्रशासनसँग आग्रह गरे । साथै उनले यही क्याम्पसमा अध्ययन गरी पत्रकारिता क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेको बताए । यस सेमिनार तथा प्रयोगात्मक कक्षा २० जना विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रमको अन्तिम दिन जनता बुहूमुखि क्यापसका प्रमुख भोजराज श्रेष्ठले दसैँ, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान गरी कार्यक्रम समापन गरेका थिए ।

पारस सुवेदी