धरानः धरान–१६ स्थित जोरसखुवा समाज सुधार समितिको शनिबार सम्पन्न १३ औँै वार्षिक साधारण सभाले सुमन थापामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा हीराबहादुर राउत, उपाध्यक्षमा बिना राई तामाङ, सचिवमा मंगलसिंह तामाङ, सहसचिवमा सुशीला श्रेष्ठ, कोषाध्यक्षमा विनोद थापा मगर, सहकोषाध्यक्षमा जयन्ती हुमागाई श्रेष्ठ चयन भएका छन । सदस्यहरूमा पञ्चबहादुर श्रेष्ठ, डिकबहादुर बिष्ट, सुनिता सेन्चुरी, प्रेमबहादुर शेर्पा, सिर्जना विश्वकर्मा र गञ्जबहादुर खड्का चयन भएका छन् । अन्य दुइ जना सदस्य नवनिर्वाचित अध्यक्षबाट मनोनित गरिने अध्यक्ष थापामगरले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष दिलकुमार गिरीले सामाजिक कामप्रति सबैले अपनत्व लिएर अघि बढेमा समाज परिवर्तन हुने बताए । समितिको अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका थापामगरले संस्थाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

कार्यक्रममा नेकपाको १६ नम्बरका अध्यक्ष सीताराम आचार्य, समाजसेवी नेत्रप्रसाद याखा, कार्कीछाप कालीखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सम्फर तामाङ र धरान उपमहानगर कार्यपालिका सदस्य हीरादेवी राईले मन्तव्य राखे । कार्यक्रममा भूमिपथ टोल विकास संस्थाका अध्यक्ष तेजमान लिम्बू, जोर सखुवा टोल विकास संस्थाका अध्यक्ष नेत्रबहादुर कार्की (हिमाल), स्कोन तथा रमणीय टोल विकास संस्थाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो ।