इटहरीः इटहरी मन्च हङकङले प्रितम अाचार्यलाइ सम्मान गरेकाे छ । सारेगमाप लिटल च्याम्प २०१९ मा सहभागी भएर दमदार प्रस्तुती दिन सपल इटहरीबासी १३ वर्षिय आचार्यलाइ हङकङमा महाबाणिज्यदुत कमल प्रसाद भट्टराइकाे उपस्थितिमा सम्मान गरिएकाे हाे । 

इटहरी निवासी अाचार्यले  देशमा नाम राख्न सफल भएकाे र उनकाे क्षमताकाे कदर गर्दै हङकङमा बस्ने नेपालीहरूले सम्मान गरिएकाे मञ्चका संस्थापक अध्यक्ष रत्न खिम्दिङले जानकारी दिए  । सम्मान कार्यक्रममा मञ्चका वर्तमान अध्यक्ष राजु राइ, सचिव तुलसी उप्रती काेषाध्यक्ष शुभराज राइलगाएत, अन्य सँस्थाका पदाधिकार र अाम्नत्रित पाहुनाहरूकाे उपस्थिति रहेकाे थियाे ।

मञ्चले अाउने दिनमा इटहरीसँग जाेडिने विभिन्न कार्यक्रम गर्दै जाने बताएकाे छ ।

 संस्थाले गत २०७३ सालमा इटहरीमा अाएकाे बाढीका कारण समस्यामा परेका पीडितलाइ सहयाेग गरेकाे थियाे । उक्त सहयाेग इटहरी स्थित सेड्स ग्रुप इटहरीका अध्यक्ष अाकास सुब्बा मार्फत पीडित समक्ष पुर्याएकाे थियाे ।