विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका ६ मा आइतबार दिउँसो पौने २ बजे टिपरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको ट्रिपरले स्थानीय मिलन थपलियाका १२ वर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकीले बताए ।

ट्रिपरसहित चालक राजु तामाङलाई नियन्त्रणमा लिए पनि कसको टिपर भन्ने उनले खुलाउन चाहेनन् । पूर्वाञ्चल क्रसर उद्योग छेउमा ट्रिपरले ठक्कर दिएको थियो ।