इटहरीः मेडइन यूएसए  लेखिएकाे पेस्तोलसहित माेरङका दुइ युवा सुनसरीबाट पक्राउ परेका छन् । आइतवार विहान बर्जु  गाउँपालिकाको वार्ड नम्बर ३ अमडुवामबाट दुइ थान म्यागाजिन र ३ राउण्ड गोलीसहित सुन्दर हरैँचा नगरपालिका ५ का २७ वर्षीय करण कुमार चौधरी र २१ वर्षिय प्रकाश चौधरीलाई पक्राउ गरिएको दुहवी प्रहरी प्रमुख प्रवीण कार्कीले पुष्टि गरेक छन् ।
उनिहरुलाई नेपाल–भारत सीमा नजिक बर्जुु  शंस्कापद अवस्थामा हिंड्दै आउँदा पक्राउ गरिएको हाे ।  उनिहरुको साथबाट १ सय ४० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।