धरानः धरानस्थित वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको २५ औं वार्षिकोत्सवको अवसरमा धरानकी सुनिता शाक्यले भेष्पा स्कुटर प्राप्त गरेकी छिन् ।

प्रालिको रजत महोत्सवको अवसरमा गोलाप्रथाबाट शाक्यले यस वर्षको बम्पर उपहार प्राप्त गरेकी हुन् । सोमबार धरान सभागृहमा आयोजित रजत महोत्सवमा १० हजार भन्दा बढीको सामान खरीदकर्तामध्येबाट शाक्यले स्कुटर उपहार जितेकी हुन् । धरान–१३ निवासी शाक्य वराहकी नियमित ग्राहक हुन् । ३०१८ ग्राहक कोड रहेकी शाक्यलाई मङ्गलबार वराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरान शाखामा एक कार्यक्रमको आयोजना गरी स्कुटर प्रदान गरिएको छ ।

१० हजारभन्दा माथिको सामान खरीद गर्ने करीब १७ हजार १ सय ३ जना ग्राहकबाट गोलाप्रथाबाट शाक्यले स्कुटर हात पारेकी हुन् । उनलाई ग्रुप अफ वराहका अध्यक्ष शिवकुमार लामिछाने, प्रदेश नम्बर १ प्रमुख मानबहादुर दियालीलगायतले संयुक्त रूपमा स्कुटर प्रदान गरेका हुन् । करीब साढे ३ लाख रुपैयाँबराबरको स्कुटर प्रदान गरिएको हो । वराहले वर्षेनी ग्राहकका लागि गोलाप्रथाबाट उत्कृष्ट पुरस्कार प्रदान गर्दै आएको छ ।

आउँदो वर्षका लागि वराहले यामाहाको एस जेड आर आर १ सय ५० सीसीको मोटरसाइकल प्रदान गर्ने भएको छ ।