धरानः शिक्षा निकेतन माध्यमिक विद्यालय धरानमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । सो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश राई चुनिएका छन् ।

विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले राईलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमितिको चयन गरेको हो । धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सदस्यमा स्वर्णिमहाङ फोम्बो, गुणराज राई, सुजता सुवेदी, सजना राई, शिक्षक प्रतिनिधि मुकुन्दप्रसाद भण्डारी चयन गरेको छ । समितिका थप २ सदस्यका लागि उद्योग वाणिज्य सङ्घको तर्फबाट प्रतिनिधि माग गर्ने निर्णय भएको छ ।

नवनिर्वाचित व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका शिक्षकशिक्षिकाबीच परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।