विराटनगरः नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई इकोकार्डियोग्राफी प्रशिक्षण दिइएको छ । इण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले २ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागी थिए । सहभागीहरूलाई भारतको मेदान्त अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रभी आर कैसलिवाल, डा.मनिष वंशल, नोबेल शिक्षण अस्पतालका मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल, डा.अब्दुल खालिफ मुनिब र डा.सहदेव ढुङ्गानाले प्रशिक्षण दिएका थिए ।

मुटु रोग पत्ता लगाउने इकोकार्डियोग्राफी परीक्षणका विषयमा डाक्टरको थप क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालका मुटु रोग विशेषज्ञ डा. नेपालले जानकारी दिए ।

nobel (1)