इटहरीः प्रदेश १ का सभामुख प्रदीप भण्डारीले विभिन्न ६ वटा नेपाली पर्वहरूको एकमुष्ट शुभकामना व्यक्त गरेका छन् । बडा दसैँ, तिहार, छठ, ईद, उद्यौली उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरूले शुभकामना भण्डारीले दिएका छन् ।
संस्कृतिले पुरानो समाजलाई वर्तमानसँग जोड्ने भन्दै सभामुखले बिहीबार एक शुभकामना विज्ञप्ती जारी गरेर शुभकामना दिएका छन् ।
नेपाल संवतको अग्रिम शुभकामना सहित छ पर्वहरूको शुभकामना दिँदै सभामुख भण्डारीले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय, सामाजिक तथा भाषिक सद्भाव एवम् सहिष्णुता अझ कसिलो बनाउँदै बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र सौहार्दता, सहकार्य र समझदारीको संस्कारलाई वृद्धि गर्दै लाने विश्वास व्यक्त गरेको बताएका छन् ।
शुभकामनामा सभामुख भण्डारीले भनेका छन्, ‘रिस, राग, द्धेष त्यागेर आपसी सद्भाव, माया, भातृत्वको भावना सञ्चार गर्ने नेपालहिरुको सांस्कृतिक पर्व बडा दसैँ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना व्यक्त गर्दछु ।’