धरानः पत्रकारितामार्फत् कला र कलाकारिताको प्रवद्र्धनमा योगदान पु¥याएबापत ३ जना पत्रकारलाई पूर्वाञ्चल बागिना कला केन्द्रले सम्मान गरेको छ ।

केन्द्रले आयोजना गरेको मिस स्टेट १ सिजन २ र पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन ७ को समापनको अवसरमा कोशीपत्र दैनिकका दिनेश गजमेर, हिमशिखर टेलिभिजन तथा धरान साप्ताहिकका गोबिन्द बस्नेत र फोटो पत्रकार लक्ष्मण थापालाई सम्मान गरिएको छ । त्यसैगरी, किड्स सुपर मोडल २०१९ की विजेता युना खापुङलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको छ ।

कार्यक्रमको प्रचारप्रसार गरी पत्रकारितामार्फत् समाजमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान भएका पत्रकारत्रयलाई नगद ५ हजार ५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका पूर्व प्रमुख मनोजकुमार मेन्याङ्बो, नेपाली काङ्ग्रेसका नेता सुजेन्द्र तामाङ, कार्यक्रम संयोजक भक्तिराज राईलगायतले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरेका थिए ।