बेलबारीः मोरङको सुन्दरहरंैचा– ७ ठडिया चोकस्थित पूर्वपश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जीप बिहीबार आपसमा ठोक्किँदा बेलबारी–२ का योगेश निरौला घाइते भएका थिए । उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । अन्य १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।