उर्लाबारीः पूर्वी मोरङका पत्रकारहरूको संस्था सञ्चार क्लब नेपालको पहिलो बैठकले दुई जना सदस्य मनोनित गरेको छ ।

क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा बसेको बैठकले पथरीका भीमराज अधिकारी र उर्लाबारीका ज्योति शर्मालाई कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

कार्यसमितिको सल्लाहकारमा घनश्याम भण्डारी, केदार चौहान, रुपेन्द्र शेर्मा, सन्तोष राई र नवराज भट्टराईलाई चयन गरिएको महासचिव दीपक बास्तोलाले जानकारी दिए ।

त्यस्तै, क्लबको विधानलाई संशोधन गरी आगामी साधारणसभामा पेश गर्न मिलन के राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा हरि कोइराला र मोहन भट्टराई रहेका छन् । त्यस्तै, पुरस्कार छनोट सिफारिश समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति बनेको छ ।

सो समितिको सदस्यमा घनश्याम भण्डारी र सरोज बस्नेत रहेका छन् । त्यस्तै, दशैतिहारको अवसरमा असोज १८ गते शुभकामना आदानप्रदान गर्ने निर्णय भएको कोषाध्यक्ष गोमा घिमिरेले जानकारी दिइन् ।