इटहरीः आज बिहान सवा ४ बजे इटहरी २ पीपलचोकस्थित कोशी लोकमार्गमा भएको दुुर्घटनामा परी १ जना ठेला चालकको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७७१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते अन्दाजी ५० वर्ष उमेरका पहिचान नखुलेका ठेला चालक गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घटनापछि बस चालक इटहरी– ७ का ३५ वर्षीय जीतकुमार राईलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।